७ असार २०८३, आइतबार | Sun Jun 21 2026

बेलायतमा कोरोनाबाट थप १ नेपालीको मृत्यु



लण्डन । कोरोना भाइरसका कारण बेलायतमा शनिबार फेरि अर्का एक पूर्वगोरखा सैनिकको मृत्यु भएको छ ।स्जाङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन सहरमा बस्दै आएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेष्टर्न अस्पतालमा मृत्यु भएको थियो ।मृतक मल्ल सन् २००४ देखि आफ्ना छोराबुहारीसगँ बस्दै आएका थिए । चार दिनअघि रुघाखोकी र पखाला लागेपछि मल्ललाई अस्पताल भर्ना गरिएको क्षेत्री समाजका अध्यक्ष राजनकुमार क्षेत्रीले बताए ।

प्रकाशित मिति : ३० चैत्र २०७६ आइतबार ००:००  ८ : ३९ बजे