काठमाडौं ।
सरकारले लकडाउनको अवधि आइतबारदेखि ११ दिन थप गरेको छ । अब लकडाउन वैशाख २५ गतेसम्म हुने छ ।
आज बसेको मन्त्रिपरिषदको बैठकले २५ गतेसम्मका लागि लकडाउन जारी राख्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि तोकिएको वैशाख १५ सम्मको अवधि सकिन एक दिन बाँकी रहँदा लकडाउनको अवधि आइतबारदेखि ११ दिन थपिएको छ ।
यसअघि सरकारले चैत ११ गते एक हप्ताका लागि भनेर लकडाउन गरेको थियो। पछि उक्त अवधि बढाएर चैत २५ हुँदै वैशाख ३ गतेसम्म पुर्याइएको थियो ।
वैशाख २ गते सरकारले १२ दिनका लागि लकडाउन थपेको थियो । हालसम्म नेपालमा ५२ जना कोरोना भाइरसका संक्रमित भेटिएका छन् भने १६ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।







प्रतिक्रिया