६ असार २०८३, शनिबार | Sat Jun 20 2026

प्रचण्डलाई गाली गर्ने रेडियो नेपालका बोर्ड सदस्य पाठक पक्राउ



काठमाडौं ।
नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई सामाजिक सञ्जालमा गालीगलौच गरेको अभियोगमा पत्रकार दिपक पाठक पक्राउ परेका छन्। केही दिनदेखि लगातार फेसबुकमा प्रचण्डलाई गाली गरको विषयमा उजुरी परेपछि उनलाई प्रहरीले घरैबाट पक्राउ गरेको हो। उनीमाथि साइबर क्राइमको अभियोग छ।

पाठक रेडियो नेपालको बोर्ड सदस्य समेत हुन। अध्यक्ष प्रचण्डका तर्फबाट प्रेस सल्लाहकार विष्णु सापकोटाले छानवीन र कारवाहीका लागि प्रेस काउन्सिलमा केही दिन अघि उजुरी दायर गरेका थिए।

काउन्सिलले छानवीनपछि कारवाहीका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्राचार समेत गरेको थियो। मन्त्रालयले पाठकलाई यो विषयमा स्पष्टीकरण समेत सोधेको थियो।

प्रकाशित मिति : १८ बैशाख २०७७ बिहिबार ००:००  ९ : ५६ बजे