७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

सामुदायिक बन महासंघ कपिलवस्तुले रजत जयन्ती मनाउँदै



थानेश्वर अधिकारी, जितपुर ।
सामुदायिक बन उपभोक्ता महासंघले २५ बर्ष पुगेको अवसरमा बिभिन्न किसिमका कार्यक्रम गरी रजत उत्सव मनाउने जनाएको छ ।

महासंघका जिल्ला अध्यक्ष हुमनाथ भट्टराईले विहीबार जारी गरेको बिज्ञप्ती मार्फत जिल्लाका सम्पुर्ण सामुदायिक वन, आम उपभोक्ता, सरकारी तथा गैरसरकारी संघ संस्था एवम् सम्पुर्ण सरोकारवालाहरुमा शुभकामना व्यक्त गर्दे बिभिन्न कार्यक्रम गर्ने जनाउनु भएको ।

उहाँले स्थानीय महासंघ तथा वन उपभोक्ता समुहहरुलाई २५ औं स्थापना दिवशको अवसरमा जेठ १७ गते दिप प्रज्वलन, १८ गते वन तथा आ–आफ्नो घर आँगनमा बृक्षारोपण गर्न अनुरोध समेत गर्नु भएको छ ।

साथै उहाँले कोभिड-१९ बाट सुरक्षित रहन वन बातावरण संरक्षणमा ध्यान पुर्याउन आम समुदायलाई अनुरोध गर्नुभएको छ ।

पछिल्लो समय लक डाउनको मौवा छोपी वन क्षेत्रमा हुने गरेका बिभिन्न किसिमका चोरी तस्करीहरुलाई नियन्त्रण गर्न सम्पुर्ण सरोकारवालाहरु लाग्नु पर्ने बताउनुभएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७७ शुक्रबार ००:००  ३ : ३१ बजे