२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

तिलोत्तमा घटना अपडेटः मृतक पाचैँ जनाको पहिचान खुल्यो



बिष्णु कुमार आले, अर्घाखाँची ।
रुपन्देहीमा सोमबार राति ५ जनाको हत्या भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १० कान्छिबजार मैनैयामा उक्त घटना भएको हो ।

तिलोत्तमा नगरपालिका वडा नं १० कान्छि बजारका कृष्ण पुनको गंगादेबी पशु गाई फर्ममा काम गर्ने ६ जना मध्ये ५ जनालाई हत्या गरिएको छ ।

यसरी मृत्यु हुनेमा रूपन्देही मुगिया बालापुरका ४० बर्षीय माधव मुसहर, उनको ३७ बर्षीय श्रीमती जानकी मुसहर, ठेगाना नखुलेका १४ बर्षीय पोखराज मुसहर, रूपन्देही तिलोत्तमा १० का १६ बर्षीय करण चौधरी र १५ बर्षीय आसिष चौधरी रहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न सुर्खेत घरभएका ३२ बर्षीय झसेन्द्र सेङजाली पक्राउ परेका छन् । घटना कसरी किन भयो भन्नेबारे खुल्न सकेको छैन ।

प्रहरी घटनास्थलमा पुगेर घटनाबारे अनुसन्धान सुरू गरेको छ । घटना सोमबार राति १ बजे भएको स्थानीयले बताएका छन् । थप बिवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०७७ मंगलबार ००:००  ८ : १४ बजे