रुपन्देही ।
५ जनाको सामुहिक हत्या भएको २४ घण्टा नपुग्दै रुपन्देहीमा फेरी अर्को बिभत्स हत्या भएको छ । रुपन्देहीको कन्चन गाउँपालिका वडा नं.१ कुचेरामा १७ बर्षीय एक किशोरको बन्चरो प्रहार गरि हत्या गरिएको छ ।
गएराति घरमा सुतिरहेको १७ बर्षीय छोरालाई आफ्नै बाबुले बन्चरो प्रहार गरी हत्या गरेको रुपन्देहीका प्रहरी प्रमुख एसपी हेमकुमार थापाले जानकारी दिनु भयो ।
गए राति करिव एक बजे आसपास सुति रहेको छोरा सुदिप कुमाललाई बावु रिम बहादुर कुमालले बन्चरो प्रहार गरी गम्भिर घाईते बनाएको उपचारका लागि बुटवल लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
बाबु रिन बहादुर कुमाललाई पक्राउ गरि अनुसन्धान सुरु गरिएको एसपी थापाले बताउनु भयो । स्थानीयका अनुसार मृतक चैतको पहिलो साता भारतबाट फर्केका थिए ।







प्रतिक्रिया