२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

रुपन्देहीमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँयो, चालकको मृत्यु



रुपन्देही ।
रुपन्देहीमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मायादेवी गाउँपालिका–६ खजुरीयाका ४० वर्षीय रामदेव यादव रहेका छन् ।

खेत जोत्ने क्रममा लु ४ त ४६७६ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए ।

घाइते यादवलाई उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७ शुक्रबार ००:००  ६ : ०६ बजे