२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

पूर्वबाट नेपाल पस्यो मनसुनी वायु, यो बर्ष धेरै वर्षा हुने अनुमान



काठमाडौं ।
शुक्रबारदेखि नेपालमा मनसुनी वायु प्रवेश गरेको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभुति पोखरेलका अनुसार पूर्वी नेपालमा प्रवेश गरेको मनसुनी वायुको प्रभावले उक्त क्षेत्रमा वर्षा हुन थालेको छ ।

‘सामान्यतस् नेपालमा जुन १० मा मनसुनी प्रणाली प्रवेश गर्छ। यसपालि २ दिन ढिला भयो तर यो पोहोरभन्दा छिटो हो,’ उनले भनिन्,‘पोहोर जुन २०मा मात्र मनसुनी वायु नेपाल आएको थियो ।’

पोखरेलका अनुसार यसपालिको मनसुनी वायु निकै सक्रिय छ । ‘मनसुनी वायु सक्रिय छ । देशभरि फैलिन केही दिन लाग्छ । धेरै वर्षा हुने ठाउँमा पूर्वतयारी गर्नु आवश्यक छ,’ उनले भनिन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०७७ शुक्रबार ००:००  ११ : २७ बजे