९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

नेपालमा थप ३८० जनामा कोरोना, जम्मा संख्या ६५ सय ९१



काठमाण्डौँ ।
पछिल्लो २४ घण्टामा ‍‍ ३ सय ८० जना कोरोनाका संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार यीसहित हालसम्म कुल संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ। यीमध्ये ६ हजार ९२ पुरुष र ४ सय ९९ महिला छन्।

उनका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको पिसिआर परीक्षण भएको छ।यसअघि हिजो ४५१ जना संक्रमित थपिएका थिए। त्यस्तै हालसम्म मृत्यु भएका १९ जनामा कोरोना पुष्टि भएको छ।

विभिन्न अस्पतालहरुबाट मंगलबार ११७ जना कोरोनाबाट निको भई घर फर्किएका छन्। जसमा ८ महिला र १०९ पुरुष छन्। यीसहित निको हुनेको संख्या १ हजार १५८ जना छन्।

प्रकाशित मिति : २ असार २०७७ मंगलबार ००:००  ४ : ५२ बजे