२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

कपिलवस्तुका १४ जना कोरोना जितेर घर फर्के



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुका थप १४ जनाले कोरोना भाइरसलाई जितेर घर फर्किएका छन् । भैरहवास्थित भीम अस्पतालमा बनाइएको कोरोना विशेष अस्पतालबाट २६ जना डिस्चार्ज भएका छन् । त्यस मध्ये कपिलवस्तुका १४ जना रहेका हुन् । जिल्लाका तीन स्थानीय तहका संक्रमितले कोरोनालाई जितेका हुन् ।

कोरोना जित्नेहरुमा कपिलवस्तुको वाणगंगा नगरपालिकाका ३३, ४१ वर्षीया महिला, बुद्धभूमि नगरपालिकाका १९, २२, २४, २६, २७, २८, २८, ३२, ३५, ३८ र ४७ वर्षीय पुरुष, शिवराज नगरपालिकाका २४ वर्षीय महिला रहेका छन् ।

१४ दिन आइसोलेसनमा बसेका २७ जनामध्ये एकजना बाहेक अन्य बिरामीहरुमा कोरोना (कोभिड–१९) सम्बन्धि लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको उपाध्यायले जानकारी दिनुभयो । एक जनामा अझै ज्वरो देखिएकोले डिस्चार्ज गर्न नसकिएको उहाले बताउनुभयो । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.नविन दर्नालकाअनुसार डिस्चार्ज हुनेहरु १९ वर्षदेखि ७० वर्ष उमेरका छन् ।

डिस्चार्ज हुनेहरुमा रुपन्देहीको सैनामैना नगरपालिकाका १९ वर्षीया महिला, ४१ र ४३ वर्षीय पुरुष, कोटहीमाई गाउँपालिकाका ७० वर्षीया महिला र ४२ वर्षीय पुरुष, मायादेवी गाउँपालिकाका १५, ३६, ५१, २० र ४५ वर्षीय पुरुष रहेका छन् ।

यस्तै नवलपरासीको रामग्राम नगरपालिकाका २२ र सरावलका गाउँपालिका २६ वर्षीय पुरुष रहेका छन् । डिस्चार्ज भएकालाई मंगलबार अस्पतालले विदाइ गरेको छ । यसअघि निको भएका २५ जना कोरोना संक्रमितलाई अस्पतालले जेठ १९ गते डिस्चार्ज गरेको थियो ।

प्रकाशित मिति : २ असार २०७७ मंगलबार ००:००  ७ : ४५ बजे