बिष्णु कुमार आले, अर्घाखाँची ।
कोरोनाको आरडिटी परिक्षणमा पोजेटिभ देखिएका एक जनाले आत्महत्या गरेका छन् । जिल्लाको शीतगंगा ५ गल्दा हरि माविको क्वारेन्टाइनमा बस्दै आएका स्थानीय चित्रेबारीका ४५ बर्षीय देब बहादुर बिकले झुन्डिएर आत्म हत्या गरेका हुन् ।
उनी जेठ १० गते भारतबाट आएर स्थानीय तहले बनाएको क्वारेन्टाइनमा बसेको १४ दिन पछि आरडिटी परिक्षण गरिएको थियो । उनको आरडिटीमा पोजेटिभ देखिएपछि पीसीआर परिक्षणका लागि स्वाबको नमुना प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाईएको छ ।
तर, मृतकको पीसीआर रिपोर्ट आएको छैन् । आरडिटी पोजेटिभ देखिएका ३ जना एउटै कोठामा क्वारेन्टाइनमा बस्दै आएपनि अरूलाई रातिको समयमा सुताएर बिद्यालयको पूर्वपट्टी खन्नियुको रूखमा झुन्डिएर आत्महत्या गरेका छन् ।
झुन्डिएको गाउँलेले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले घटनास्थलमा ईलाका प्रहरी कार्यालय ठाडाको प्रहरी टोली जादै गरेको बुझिएको छ ।







प्रतिक्रिया