२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

बुद्धभूमिको बुड्ढीमा थारु संग्राहलयको भवन शिलान्यास



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. ४ बुड्ढीमा थारु संग्राहलयको भवन शिलान्यास भएको छ ।

नगरभित्र थारु समुदायको बाक्लो बसोबास रहेको बुड्ढीमा आन्तरिक पर्यटन प्रवर्धनका लागि थारु संग्राहलयको निर्माण गर्न लागिएको हो ।

प्रदेश ५ सरकारको १५ लाख लगानीमा थारु संग्राहलय बन्न लागेको हो । प्रदेश सांसद रिना विश्वकर्माले पहलमा भवन बन्न लागेको स्थानीय कल्याण खनालले बताउनुभयो ।

भवन शिलान्यास गर्दै सांसद विश्वकर्माले तोकिएकै समयमा काम सम्पन्न हुनेमा विश्वास व्यक्त गर्नुभयो । संग्राहलयको थप स्तरउन्नतीमा आफुले आगामी दिनमा पनि पहिल गर्ने उहाँले पव्रतिवद्धता व्यक्त गर्नुभयो ।

वडा नं. ४ का वडाध्यक्ष तथा नगरका प्रवक्ता पवन कुमार चौधरीले बुड्ढीमा थारु संग्राहलयको आवश्यकता रहेको भन्दै प्रदेश सरकारको पहलमा काम हुन लागेको भन्दै खुशी व्यक्त गर्नुभयो । नगरले पनि संग्राहलयको स्तरउन्नतीमा सक्दो सहयोग गर्ने भन्दै आगामी दिनमा बुड्ढीको आन्तरिक पर्यटनमा बढवा दिने गरी काम सञ्चालन हुने बताउनुभयो । साथै उहाँले वडा कार्यालयले बुड्ढीमा थारु होमस्टेको परिकल्पना गरेको पनि बताउनुभयो ।

प्रकाशित मिति : ३ असार २०७७ बुधबार ००:००  ९ : १४ बजे