सुर्खेत ।
कर्णाली प्रदेश सरकारले रूकुम पश्चिम चौरजहारी–८ सोती घटनामा मृत्यु भएका ६ जनाका परिवारलाई परिपूरणस्वरूप १ लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको छ । असार १ गते बसेको कर्णाली प्रदेश मन्त्रीपरिषद्को बैठकले रूकुम पश्चिम चौरजहारी घटनाका पीडित परिवारलाई राहत दिने निर्णय गरेको हो ।
रूकुम पश्चिम चौरजहारी घटनाका पीडितलाई तत्काल राहत होस् भनेर पीडितका प्रति परिवारलाई प्रदेश सरकारले १ लाखका दरले राहत दिने निर्णय भएको कर्णाली सरकार प्रवत्ता तथा भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले बताइन् । ‘
त्यस्तै, कर्णाली प्रदेश सरकारले स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धी कानुनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७७ प्रदेश सभामा पेस गर्न स्वीकृति दिने र प्रदेश निजामती सेवा पुरस्कारसम्बन्धी मापदण्ड तथा कार्यविधि २०७७ स्वीकृत गर्ने निर्णयसमेत गरेको प्रवत्ता केसीले जानकारी दिइन् ।







प्रतिक्रिया