बर्दिया ।
बर्दियाको बारबर्दिया नगरपालिका ३ मा रहेको क्वरेण्टीनबाट घर गएका एक युवकको ज्यान गएको छ ।
आरडीटी रिपोर्ट नेगेटिभ आएपछि क्वरेण्टीनबाट घर पठाइएका ३५ वर्षीय युवकको उपचारका लागि बर्दिया अस्पताल गुलरिया लैजाने क्रममा बाटोमै ज्यान गएको हो । घर फर्किएकै दिन बिहीबार राति छाती दुखेर श्वास फेर्न कठिन भएपछि युवकलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया लैजान लागिएको थियो ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले मृतकको स्वाब परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएको बताउनुभयो । स्वाब परीक्षण रिपोर्ट बेलुकासम्म आउने र परीक्षण रिपोर्ट आएपछि मात्र शव व्यवस्थापन गरिने प्रजिअ अधिकारीले बताउनुभयो ।
दुई हप्ताअघि काठमाण्डौबाट नेपालगन्ज हुँदै बर्दिया आएका युवक बारबर्दिया नगरपालिकाको क्वरेण्टीनमा १४ दिन बसेर आरडीटी परीक्षणको नतिजा नेगेटिभ आएपछि मात्रै घर फर्किएका थिए ।







प्रतिक्रिया