१ जेष्ठ २०८३, शुक्रबार | Sat May 16 2026

क्वारेन्टिनबाट फर्किएपछि मृत्यु भएका पुरुषको पिसीआर रिपोर्ट नेगेटिभ



बर्दिया ।
बर्दियाको क्वारेन्टिनबाट फर्किएपछि मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको छ। भेरी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा बारबर्दिया नगरपालिका –३ खुरखुरेका ४५ वर्षीय बन्सराम थारुको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।

दुई साताअघि काठमाडौंबाट आई १४ दिन क्वारेन्टिन बसेपछि आरडिटी रिपोर्ट नेगेटिभ आएर घर फर्किएका थारुको बिहीबार राति अचानक स्वास्थ्यमा समस्या देखिएपछि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए ।

यो पनि पढ्नुहोस

क्वरेण्टीनबाट घर पठाइएका युवकको ज्यान गयो

प्रकाशित मिति : ६ असार २०७७ शनिबार ००:००  ६ : १४ बजे