२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

दाङमा ट्रयाक्टर र मोटरसाइकल ठोक्किँदा प्रहरी जवानको ज्यान गयो



दाङ ।
सवारी दुर्घटनामा परी तुलसीपुरमा एक प्रहरी जवानको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका इलाका प्रहरी कार्यालय सुनवलमा कार्यरत २७ वर्षीय प्रहरी जवान जितेन्द्र चौधरीको राप्ती प्रादेशिक अस्प्ताल तुलसीपुरमा उपचारका क्रममा आइतबार दिउँसो मृत्यु भएको छ ।
चौधरी सवार लु ५८ प १८४३ नम्बरको मोटरसाइकललाई रा १ त ७५७ नम्बरको ट्र्याक्टरले तुलसीपुर उपमहानगरपालिका वडा नं. २ कुमलगडी भन्ने ठाउँमा मध्यान्ह १२ बजेतिर ठक्कर दिएको थियो। घाइते प्रहरी जवान चौधरीको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।
सिंहका अनुसार प्रहरी जवान चौधरी काम विषेशले तुलसीपुरबाट पश्चिमतर्फ जाँदै थिए ट्रयाक्टर विपरीत दिशाबाट आइरहेको थियो ।
घटनापछि फरार भएका ट्रयाक्टर चाल ऋषिराज गिरीलाई केहीबेर अघि नियन्त्रणमा लिइएको डिएसपी सिंहले बताए । दुर्घटनाको कारण थाहा हुन नसकेको र अनुसन्धान हुने उनले जानकारी दिए ।

प्रकाशित मिति : ७ असार २०७७ आइतबार ००:००  ३ : ५९ बजे