२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

प्यूठानमा थप १४ जनामा कोरोना पुष्टि



प्यूठान
प्यूठानमा आइतबार थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए । योसँगै कोरोना संक्रमितको संख्या प्यूठानमा ९५ पुगेको छ । यसअघि ८१ जनामा संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो पटक थपिने संक्रमित प्यूठान नगरपालिकाका ९ जना, माण्डवी गाउँपालिकाका एक जना, नौवहिनी गाउँपालिकाका तीन जना र गौमुखी गाउँपालिकाका एक जना रहेका छन् ।
माण्डवीमा यसअघि कोरोना भाइरस संक्रमइ पोजिटिभ देखिएर आइसोलेसनमा बसेका ६ जनाको पूनः परीक्षण गर्न पठाउँदासमेत रिपोर्ट पोजिटिभ नै देखिएको सुवेदीले बताए ।

प्रकाशित मिति : ७ असार २०७७ आइतबार ००:००  ४ : ०९ बजे