पाल्पा ।
पाल्पामा आज खोलाले बगाएर एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा रम्भा गाउँपालिका १ हुँगीको मसल्याङकी अन्दाजी ७० वर्षीया मनकुमारी सारू रहेको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले बताउनुभयो ।
अविरल वर्षासँगै आएको बाढीसहितको खोलाले उनलाई बगाएको हो । विहान साढे ९ बजेतिर सारूलाई बगाएको थियो ।
स्थानीयले खोजी गर्ने क्रममा उनको शव कालिगण्डकी नदी किनारमा फेला परेको रेग्मीले बताउनुभयो । मृतक सारू दैनिक उपभोग्य सामग्री किन्नको लागि हुँगीको पन्टार बजार आउँदै गरेकी थिइन । घटनास्थलतर्फ प्रहरी जाँदै गरेको बुझिएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी छ । उनीसँगै गएकी अर्की एक महिलाको भने सकुशल उद्वार गरिएको छ ।







प्रतिक्रिया