गुल्मी ।
पहिरो खसेपछि बन्द रहेको गुल्मीको रिडी–तम्घास सडक खुलेको छ । रुरुक्षेत्र गाउँपालिकाको खनियाँ रुख नजिकै पहिरो खसेपछि बिहानदेखि बन्द रहेको सडक अहिले खुलेको हो ।
बाटो खुलेपछि बिहानदेखि रोकिएका गाडी गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजकुमार रावलले जानकारी दिनुभयो । तर गुल्मीकै रिडी, रुद्रवेणी, वामिटक्सार सडक पहिरोका कारण बन्द भएको छ ।
यो सडकखण्डको ६ ठाउँमा पहिरो गएको प्रहरीले जनाएको छ । सडक बन्द हुँदा बाग्लुङको बुर्तिबाङ जाने गाडी रोकिएका छन् ।







प्रतिक्रिया