२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

थप ५३५ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं ।

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या नौ हजार पाँच सय ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा पाँच सय ३५ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या नौ हजार पाँच सय ६१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

विभिन्न प्रयोशालामा भएको परीक्षणमा पाल्पाका ९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कैलालीका ५८ जना, गुल्मीका ५६ जना, प्युठानका ३० जना, सप्तरीका १५ जना र झापाका तीन जनामा सङ्क्रमण पुष्टि भएको छ । मोरङका १२ जनामा पनि कोरोना पुष्टि भएको छ । यस्तै जनकपुरमा भएको परीक्षणमा धनुषाका १० जना र ओखलढुङ्गा तथा महोत्तरीका एकरएक जनामा सङ्क्रमण पुष्टि भएको छ । स्याङ्जाका ३३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

दाङमा भएको परीक्षणमा दाङका १३ जनामा कोरोना देखिएको छ । यस्तै अछामका दुई जना, अर्घाखाँचीका नौ जना, बैतडीका १४ जना, डडेल्धुराका १५ जना, डोटीका सात जना, जाजरकोटका एक जना, नवलपरासीका पाँच जना, सर्लाहीका ४७ जना, सिन्धुपाल्चोकका तीन जना, सिरहाका २३ जना, रौतहटका ३४ जना र रुपन्देहीका १२ जनामा कोरोना पुष्टि भएको छ । भरतपुरमा भएको परीक्षणमा चितवनका पाँच जना र नवलपरासी पूर्वका २४ जनामा कोरोना भेटिएको छ । पोखरामा भएको परीक्षणमा तनहुँका ११ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : ८ असार २०७७ सोमबार ००:००  ४ : ३४ बजे