२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

पाल्पा पहिरो अपडेटः मृतक तीनै जनाको परिचय खुल्यो



पाल्पा ।
पाल्पाको तानसेन नगरपालिका-११ सम्मोबारीमा सोमबार भएको सवारी दुर्घटनामा मृत्यु हुनेको परिचय खुलेको छ ।

तानसेन रिडि सडकखण्डको ५ किलोमिटर पश्चिम सम्मोबारीमा गएको पहिरोमा परी ४ सवारी साधनमा रहेका ३ जनाको ज्यान गएको थियो ।

सडक माथिबाट पहिरो खसेर सवारीसाधन पुरिँदा २ जनाको घटनास्थलमै र १ जनाको उपचार हुँदै गर्दा अस्पतालमा मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिए ।

पहिरोमा परी चितवनका वीरबहादुर गुरुङ, काभ्रेको होक्से-४ का निमेष श्रेष्ठ र पाल्पाका भुवन खाम्चा रहेको पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : ९ असार २०७७ मंगलबार ००:००  ८ : २८ बजे