१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

अनिकाल निम्त्याउने सलह किरा रूपन्देहीमा पनि देखियो



बुटवल ।

रूपन्देही जिल्लामा पनि सलह किरा देखिएको छ । शनिबार दिउँसो रूपन्देहीको बुटवल क्षेत्रमा सलह देखिएको हो ।
बुटवलको गोलपार्क, सुख्खानगर, शिवनगर क्षेत्रमा सलह देखिएपछि स्थानीयले कीट विज्ञ र नार्कका वैज्ञानिकलाई खबर गरेका थिए । उक्त टोलीले निरीक्षण गर्दा सलह नै रहेको पुष्टि गरेको हो ।
पक्लिहवा कृषि क्याम्पसका उपप्रध्यापक तथा कीटविज्ञ दीपक खनालले स्थानीयले सलह आएको जानाकारी गराएपछि स्थलगत निरीक्षणका क्रममा लागि सलह किरा नै रहेको पुष्टि भएको जानकारी दिए । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का वैज्ञानिक नारायण खत्रीले सलह नेपालमा भित्रिएको बताउँदै यसले यो मौसममा कम आक्रमण गर्न सक्ने बताए । वन क्षेत्रमा समूह नै आएको देखियो । यसले हामीलाई थ्रेड दिएको छ उनले भने, अब उच्च सतर्कताका साथ नियन्त्रणमा लाग्नुपर्ने देखिन्छ ।
प्रदेश ५ को कृषि विकास निर्देशनालय प्रमुख याम नारायण देवकोटाका अनुसार किसानहरूबाट सलह किरा भेटिएको कुरा आएको र यस विषयमा अनुसन्धान जारिरहेको बताए । सुख्खानगर क्षेत्रका स्थानीयले सलह कीरा छापेर डिव्वामा राखेपछि वैज्ञानिकलाई खबर गरेका थिए ।
यसअघि बारा पर्साका किसानले पनि सलह किरा देखियो भन्दै कृषि मन्त्रालयमा पत्रचार गरेका थिए । त्यहाँ भारतको सीमा जोडिएका २ स्थानीय तहका किसानको बालीनालीमा सलह कीराले आक्रमण गरेको जानकारी आएसँगै त्यसतर्फ प्राविधिकको टोली पठाएको मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले जानकारी दिए ।

प्रकाशित मिति : १३ असार २०७७ शनिबार ००:००  ३ : ०३ बजे