९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

कोरोना संक्रमणः भारत तेश्रो नम्बरमा उक्लियो, रुस चौथो स्थानमा



काठमाण्डौँ ।

छिमेकी मुलुक भारत कोरोना भाइरसबाट अति प्रभावित देशहरुको सूचीमा तेस्रो नम्बरमा उक्लिएको छ। पछिल्लो २४ घण्टामा झण्डै २४ हजार नयाँ संक्रमित थपिएसँगै रसियालाई उछिन्दै भारत तेस्रो स्थानमा उक्लिएको हो। भारतमा कुल संक्रमितको संख्या ६ लाख ९७ हजार पुगेको छ। रसियामा संक्रमितको संख्या ६ लाख ८१ हजार छ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा २९ लाख ८१ हजार तथा ब्राजिलमा १६ लाख संक्रमित छन्। अमेरिकामा पछिल्लो २४ घण्टामा ४२ हजार ६ सय संक्रमित थपिएका छन् भने २३४ जनाको मृत्यु भएको छ । ब्राजिलमा २६ हजार २ सय संक्रमित थपिँदा ५३५ जनाको मृत्यु भएको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ४२१ तथा रसियामा १३४ जनाको मृत्यु भएको छ। हिजो मात्रै विश्वभर १ लाख ७१ हजार संक्रमित थप हुँदा ३ हजार ५ सयको मृत्यु भएको छ। यो सहित विश्वभर संक्रमितको कुल संख्या १ करोड १५ लाख पुगेको छ।

मृतकको संख्या ५ लाख ३६ हजार पुगेको छ भने हालसम्म ६५ लाख मानिस संक्रमणपछि उपचार गरेर निको भएका छन्।

प्रकाशित मिति : २२ असार २०७७ सोमबार ००:००  ८ : २२ बजे