१३ भदौ २०८३, शनिबार | Sat Aug 29 2026

तुलसीपुर कारागारमा एकजना कैदीको मृत्यु



दाङ ।
तुलसीपुर कारागारमा एक जना कैदी बन्दीको मृत्यु भएको छ। कपिलबस्तुको मायादेवी गाउँपालिका वडा नं। ४ निवासी ६५ बर्षीय अमिरुल्ला मुसलमानको सोमवार विहान मृत्यु भएको छ। उनी ठगी मुद्दामा २०७५ साल असोज १५ गते कारागार चलान गरिएका थिए।
दीर्घरोगी मुलसमानलाई विहान एक्कासी गाह्रो भएपछि राप्ती प्रादेशिक अस्पताल लगिएकोमा विहान ७ बजेतिर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २२ असार २०७७ सोमबार ००:००  १ : १८ बजे