९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

प्युठानमा ढुङ्गाले लागेर युवकको मुत्यु



प्युठान ।
प्युठानमा आज बिरुवा रोप्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर एक युवकको मुत्यु भएको छ । माण्डवी गाउँपालिका वडा नं १ अरुणखोलास्थित इमानसिंह विष्टका जग्गामा बिरुवा रोप्ने क्रममा खसेको ढुङ्गाले लागी घाइते भएका २९ वर्षीय डोरबहादुर कुुँवरको उपचारका लागि बिजुवार ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए ।

प्रकाशित मिति : २३ असार २०७७ मंगलबार ००:००  ६ : ४९ बजे