७ फाल्गुन २०८२, बिहिबार | Thu Feb 19 2026

अमिताभ वच्चनलाई कोरोना भाइरसको संक्रमण




काठमाडौँ । भारतीय सिने जगतका चर्चित अभिनेता अमिताभ वच्चनलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।अमिताभ आफैँले शनिबार राति आफूलाई कोरोना भाइरसको संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्।

उनले आफू कोरोना भाइरस संक्रमित भएको पुष्टि भएपछि अस्पतालमा आइसोलेसनमा बसेको जानकारी आफ्ना शुभेच्छुकहरुलाई गराएका छन्। उनलाई मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

उनले आफ्नो परिवारका अन्य सदस्य र आफूसँग काम गर्नेहरुको पनि कोरोना भाइरस परीक्षण भएको र नतिजा पर्खिरहेको जानकारी पनि गराएका छन्।

उनले पछिल्लो दस दिनमा आफूसँग भेटेकाहरुलाई पनि संक्रमणको परीक्षण गर्न आग्रह गरेका छन्।७७ वर्षीय यी भारतीय सुपरस्टारले पछिल्लो ५० वर्षमा सयौँ सिनेमाहरुमा काम गरिसकेका छन्।

प्रकाशित मिति : २८ असार २०७७ आइतबार ००:००  ६ : ३९ बजे