८ असार २०८३, सोमबार | Mon Jun 22 2026

गाउँपालिका अध्यक्षमाथि छुरा प्रहार गर्ने पक्राउ



काठमाडौं ।
मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीमाथि छुरा प्रहार गर्ने एक जना पक्राउ परेका छन्। वडा नम्बर(१० का ३२ वर्षीय भवन ठकुरीले शुक्रबार बिहान साढे ११ बजे कार्यालयमै रहेका अध्यक्ष कार्कीमाथि छुरा प्रहार गरेका थिए। छुरा प्रहारबाट अध्यक्ष कार्कीको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मान बहादुर राईले जानकारी दिए।

उनको उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालमा लगिएको छ। डिएसपी राईका अनुसार ठेक्का पट्टाको विषयमा विवाद हुँदा ठकुरीले उनीमाथि छुरा प्रहार गरेका हुन्। ठकुरीबाट प्रहरीले छुरी र खुकुरी बरामद गरेको छ। खुकुरी भने ठकुरीले कार्यालयका गार्डबाट खोसेका थिए। प्रहरीले उनीमाथि थप अनुसन्धान थालेको छ।

प्रकाशित मिति : २ श्रावण २०७७ शुक्रबार ००:००  २ : २९ बजे