२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

दुई महिनामा बाढी र पहिरोका कारण देशभर १०१ जनाले ज्यान गुमाए, ५१ जना बेपत्ता



काठमाडौँ ।
बाढी र पहिरोका कारण पछिल्लो दुई महिनामा देशभर एक सय १ जनाको मृत्यु भएको छ भने ५१ जना बेपत्ता छन्। राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यसबीचमा ४१ जना घाइते रहेका छन्। यो तथ्यांक गत जेठ ३१ गतेदेखि शुक्रबारसम्मको हो।
प्राधिकरणका अनुसार म्याग्दीमा २८, तनहुँ र जाजरकोटमा ११,११ जनाको मृत्यु भएको छ।
पर्वतमा ९, पाल्पामा ४, बझाङमा ७, गुल्मीमा ५, सिन्धुपाल्चोकमा ६, लमजुङमा ३, कास्कीमा ९, रुकुम पश्चिममा २, मोरङमा १, सर्लाहीमा १, स्याङ्जामा ३ र बाजुरामा एक जनाको ज्यान गएको छ।
सिन्धुपाल्चोकमा २६ र संखुवासभामा ११ जना बेपत्ता छन्।

प्रकाशित मिति : २ श्रावण २०७७ शुक्रबार ००:००  २ : ५५ बजे