९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

कोरोनाबाट मृत्यु भएका सप्तरीका वृद्धको परिवार सबैमा संक्रमण पुष्टि



काठमाडौं ।

कोरोना भाइरसबाट मृत्यु भएका सप्तरी राजविराजका वृद्धको परिवारका सबै सदस्यमा संक्रमण देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दुनियालाल यादवले मृतकका परिवारका पाँचै जना सदस्यको नतिजा पोजेटिभ आएको बताए।

पोजेटिभ देखिनेमा मृतककी श्रीमती, छोरा बुहारी र दुई नाति नातिनी छन्। उनीहरू ११ वर्ष देखि ६७ वर्ष उमेरका रहेको यादवले जनाए।

अहिले संक्रमित सबैलाई घरमै राखिएको छ। गत शुक्रबार कोरोना संक्रमित वृद्धको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो। मृत्युपछि उनका परिवारका सदस्यको राजविराजस्थित गजेन्द्रनारायण अस्पतालमा परीक्षण गर्दा सबैमा संक्रमण पुष्टि भएको हो।

मृतक वृद्धको बिउ र ग्यासको डिलर समेत रहेकाले पसलमा काम गर्ने र आवतजावत गर्ने १७ जनाको पनि परीक्षण गरिएको छ। तीमध्ये एकजनाको नतिजा नेटिभ आएको र बाँकीको भने नतिजा आउन बाँकी रहेको यादवले जनाए।

प्रकाशित मिति : ४ श्रावण २०७७ आइतबार ००:००  ३ : २९ बजे