४ कार्तिक २०८३, मंगलबार | Tue Oct 20 2026

रुकुमको स्यार्पू तालमा नुहाउन गएका एकको डुबेर मृत्यु



दाङ ।
रुकुम पश्चिमको स्यार्पु तालमा नुहाउन भनी गएका एक जनको डुबेर मृत्यु भएको छ भने अर्का एक बेपत्ता भएका छन् ।

बाफिकोट गाउँपालिका वडा नं. ५ का २३ वर्षीय अर्जुन घर्तीको डुबेर मृत्यु भएको हो । त्यस्तै २१ वर्षीय अनिल घर्ती बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिए ।
बुधबार दिउँसो साढे १२ बजेतिर चार जना साथीहरु नुहाउन भनी तालमा पसेका थिए।

तीमध्ये दुई जना डुवेर बेपत्ता भएको जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेर खोजी गर्दा अर्जुनको शव फेला परेको प्रहरी निरीक्षक हरि वलीले जानकारी दिए । बेपत्ता अर्का युवाको खोजी भइरहेको उनले बताए ।

पौडी खेल्न भनी तालमा पसेका अरु दुई जना पौडिएर बाहिर निस्किन सफल भएका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०७७ बुधबार ००:००  ९ : ५० बजे