४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । उनीहरुमध्ये ५७ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७७ सोमबार ००:००  ४ : ३० बजे