७ असार २०८३, आइतबार | Sun Jun 21 2026

राजश्‍व अनुसन्धान बुटवलका प्रमुख घुस सहित पक्राउ



काठमाडौं ।
राजश्‍व अनुसन्धान बुटवल कार्यालयका प्रमुख विजय राना घुस लिँदा लिँदै कार्यालयबाटै पक्राउ गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयको टोलीले बुटवलकै नयाँगाउँस्थित कार्यालयमै घुस रकम लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको हो।

अख्तियार बुटवलका प्रमुख डा. भीष्मप्रसाद भुसालका अनुसार घुससहित पक्राउ परेका रानासँग सोधपुछ भइरहेको छ। उनले घुस रकमबारे केही खुलाएका छैनन्। अख्तियारको टोलीले यसअघि बाँके राष्ट्रिय निकुञ्‍‍जका प्रमुख संरक्षण अधिकृत र सहायक संरक्षण अधिकृतलाई केही दिनअघि ८ लाख ९८ हजार घुससहित पक्राउ गरेको थियो।

प्रकाशित मिति : २० श्रावण २०७७ मंगलबार ००:००  २ : १५ बजे