६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

डोटी बस दुर्घटनाः १२ जना गम्भीर घाइते



धनगढी ।
डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना परेर १२ जना गम्भीर घाइते भएका छन् भने १७ जना सामान्य घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार गम्भीर घाइते हुनेमा अछाम मंगलसेन नगरपालिका ७ बस्ने अन्दाजी २२ वर्षकी सीता जनाला, सोही नगरपालिका वडा नम्बर ७ बस्ने २२ वर्षकी दीपा जनाला, ४४ वर्षकी गौरी ढुंगाना, ३० का दीपक शाही, ४५ वर्षकी कल्धुरी विक रहेका छन्।

त्यस्तै मंगलसेन नगरपालिका २८ वर्षका गणेश कुमार जैगडी, ३२ की पार्वती नटेला, ३५ का धिरेन्द्र नेपाली, मंगलसेन नगरपालिका ७ की कल्धरी जनाला, साँफे नगरपालिका ७ का १० महिनाका बालक विनय भण्डारी, बान्नीगढी ३ का २८ बर्षका रेमन्त साउद रहेका छन्।

प्रहरीका अनुसार गम्भीर १२ जना मध्ये अछाम साँफे नगरपालिका ७ का १० महिने बालक विनय भण्डारी र मंगलसेन नगरपालिका ७ की ४५ वर्षकी कल्धरी जनालाको अवस्था एकदमै गम्भीर रहेको छ।

एक जनाको नाम नखुलेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो।

मृत्यु हुनेमा अछाम बान्नीगडी ३ बस्ने ६० बर्षका पदम साउद, चौरपाटी ७ बस्ने ३५ वर्षका टीकाराम विक र कैलालीको नारायपुर ४ की ५५ वर्षकी लछ्मा विक रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका इन्सपेक्टर मोहन बहादुर साउदले जानकारी दिए।

कैलालीबाट अछाम जाँदै गरेको ना ६ ख २५२९ नम्बरको बस डोटीको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना आज बिहान दुर्घटना परेको हो।

प्रकाशित मिति : २८ श्रावण २०७७ बुधबार ००:००  १२ : २४ बजे