२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

मकवानपुरमा २० जना कोरोना संक्रमित थपिए



चितवन ।

मकवानपुरमा शनिबार थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको परीक्षणमा २० जनामा कोरोना पुष्टि भएको हो।

पुष्टि हुनेहरुमा हेटौंडा उपमहानगरका १२ जना र मनहरी गाउँपालिका वडा नम्बर ७ का एक जना पुरुष रहेका छन्। त्यस्तै, पर्सा घर भई हेटौंडा बस्दै आएका ४ जना, बारा घर भएका १ जना, रौतहट घर भएका १ जना र उदयपुर घर भएका १ जनामा कोरोना पोजेटिभ देखिएको हो।

हेटौंडाको वडा नम्बर ८ का ३ जना, वडा नम्बर ४ का ३ जना, वडा नम्बर ६ का २ जना तथा वडा नम्बर ३, १०, ५ र १८ का एम÷एक जनामा कोरोना पुष्टि भएको हो। २० जना संक्रमित मध्ये १७ जना पुरुष र ३ जना महिला हुन्।

प्रकाशित मिति : ३१ श्रावण २०७७ शनिबार ००:००  २ : ४५ बजे