१९ माघ २०८२, सोमबार | Mon Feb 2 2026

शनिबार देशभर ४ सय ६८ कोरोना संक्रमित थपिए



काठमाडौं ।

पछिल्लो २४ घन्टामा देशभर ४ सय ६८ जनामा कोरोना संक्रमण पाइएको छ। देशभरका ३८ वटा प्रयोगशालामा गरिएको परीक्षणमा शनिबार १ सय २४ जना डिस्चार्ज भएका छन्।

देशभर शनिबार ११ हजार ४७ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा यसबारे बताएका हुन्।

साथै संक्रमितको सम्पर्कमा आएकाले पाँच दिन नभई परीक्षण नगर्न पनि गौतमले बताए। संक्रमितको सम्पर्कमा आएको केही समयमै परीक्षण गर्दा वास्तविक रिजल्ट नआउने मन्त्रालयले बताएको छ।

शनिबार देशभर ८१९३ संक्रिय संक्रमितको संख्या रहेका गौतमले जानकारी दिए। १४ हजार ४ ४८ जना क्वारेन्टाइनमा छन्।

प्रकाशित मिति : ३१ श्रावण २०७७ शनिबार ००:००  ४ : ३० बजे