६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

यसरी गर्नुस स्मार्टफोन सफा !



काठमाडौं ।

कोभिड १९ को संक्रमण जोखिम कायमै छ। यस्तोमा हामी कुनै पनि नयाँ वस्तु छुने वा सम्पर्क आएपछि हात धुने वा स्यानिटाइज गर्ने गर्छौ। हामीसँगै हुने तर बाहिरी र नयाँ वस्तु छोएपछि निरन्तर प्रयोग हुनसक्ने स्मार्टफोन पनि उत्तिकै सफा राख्नुपर्छ।

कोभिड १९ को समयमा मात्र होइन सामन्य अवस्थामा पनि स्मार्टफोन सफा गर्नुपर्छ। स्मार्टफोन सफा गर्ने भनेको सामन्य न्याप्किन पेपर वा रुमालले पुछ्नुमात्र होइन। यसलाई सतर्कतापूर्वक सफा गर्नुपर्छ।

कुनै पनि किटनासक पदार्थ जसमा रसायन धेरै नभएको। सामन्य सावुन पापनीलाई सकेसम्म तातो बनाउनुपर्छ। त्यसरी तयार भएको पानीमा नरम कपडा भिजाउने। त्यसपछि पानी निचोरेर ओसिलो कपडाले फोनको अघि पछिको भागमा पुछ्नुपर्छ।

यसरी पुछ्दा फोनको पावर अफ गर्नुपर्छ। फोनका ज्याक तथा अन्य प्वाल भएका ठाउँमा नरम कपासले सफा गर्नुपर्छ। स्मार्टफोनको पावर अफ नगरी सिधै स्यानिटाइजर वा पानीले पुछ्न हुँदैन।

प्रकाशित मिति : ३२ श्रावण २०७७ आइतबार ००:००  १२ : ४९ बजे