२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

नेपाल छिरेका सलहको झुण्ड हराउँदै, सलहले धेरै नोक्सानी नगरेको दाबी



काठमाण्डौ ।

विभिन्न समयमा नेपाल छिरेका सलहको झुण्ड हराउँदै गएको छ । केही दिनयता कतै पनि सलह नदेखिएकाले नोक्सानी गर्ने सम्भावना टरेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख सहदेव हुमागाईँका अनुसार मौसम प्रतिकूलताका कारण सलहको झुण्ड हराउँदै गएको हो ।

नेपाल छिरेको सलह कीराले धेरै नोक्सानी गर्न नसकेको पनि उहाँको भनाइ छ । केन्द्रकाअनुसार सीमावर्ती भारतमा भएको सलहको झुण्ड पनि नेपाल आउने सम्भावना लगभग टरेको छ । भारतको राजस्थानमा केही झुण्ड रहेको छ।

तर हावाको गति र मौसम प्रतिकूलताका कारण तत्काल नेपाल छिर्ने सम्भावना नभएको हुमागाईँले बताउनुभयो ।

सलह अबको १०, १५ दिन नेपाल छिर्ने सम्भावना नभएको र त्यसपछि भने बिस्तारै बिस्तारै मौसममा आउने परिवर्तनसँगै सलह पनि सकिँदै जाने केन्द्रका प्रमुख हुमागाईँको दाबी छ ।

प्रकाशित मिति : १ भदौ २०७७ सोमबार ००:००  १० : ५५ बजे