९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

सोमालियाको एक होटलमा आक्रमणः १६ जनाको मृत्यु



एजेन्सी ।

सोमालियाको सशस्त्र समूह अल-सबाबका लडाकुहरूले एक होटलमा गरेको आक्रमणमा एक प्रहरी र १० सर्वसाधारण मारिएका छन्।

राजधानी मोगादिसुको समुन्द्री किनारमा रहेको इलाइट होटलमा उनीहरूले आक्रमण गरेको एएफपीले त्यहाँको सुरक्षा श्रोतलाई उदृत गर्दै जनाएको छ। आइतबार साँझ अल सबाबका पाँच लडाकुले सो होटलमा आक्रमण गरेका थिए।

उनीहरूले होटलमा बम तथा बन्दुकले हमला गरेका थिए। होटललाई सुरक्षा निकायले चार घण्टापछि पुनः आफ्नो नियन्त्रणमा लिएको थियो।

होटललाई अल सबाबका लडाकुबाट मुक्त गर्ने क्रममा भएको भिडन्तमा ती पाँचै आक्रमणकारी मारिएका छन्। घटनामा २८ जना घाइते भएको जनाइएको छ।

प्रकाशित मिति : १ भदौ २०७७ सोमबार ००:००  ११ : १६ बजे