२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

कोरोनाका कारण रुपन्देहीमा २ जनाको ज्यान गयो



रुपन्देही ।
कोरोना भाइरस संक्रमणका कारण रुपन्देहीको बुटवलमा दुई जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका– १ कि ६७ वर्षकी महिलाको आइतबार दिउँसो १ बजे र समरीमाई गाउँपालिका– २ का ३८ वर्षका पुरुषको दिउँसो सवा १ बजे मृत्यु भएको प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।

तस्बीरः फाइल

प्रकाशित मिति : ७ भदौ २०७७ आइतबार ००:००  ३ : ५७ बजे