८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

किस्ट अस्पताल ललितपुरमा अर्घाखाँचीका कोरोना संक्रमित पुरुषको मृत्यु



अर्घाखाँची ।

किस्ट अस्पतालको आइसियूमा उपचाररत ५५ वर्षीय पुरुषको मृत्यु भएको छ। अर्घाखाँची स्थायी घर भएका उनको बुधबार राति ८ बजे मृत्यु भएलको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिष पाठकले जानकारी दिए। मृतक पुरुष केही समयदेखि उपत्यकामा बस्दै आएका थिए। उनलाई गत ७ गते अस्पताल भर्ना गरिएको थियो।

उहाँलाई भर्ना गर्दा नै निमोनियाको समस्या थियो। त्यसपछि हामीले आइसियूमै राखेर उपचार गर्यौं। ९ गते पिसिआरको नतिजा आउँदा उहाँमा कोरोना पोजेटिभ देखियो, पाठकले भने। उनले मृतकको शब अस्पतालमै राखिएको र व्यवस्थापनको लागि नेपाली सेनाको टोलीलाई खबर गर्ने काम भइरहेको जनाए।

बिहीबार नै पाटन अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमित महिलाको पनि मृत्यु भएको छ। साथै वीरगन्जमा पनि एकजना गर्भवती महिला सहित दुई जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १ सय ८० पुगेको छ।

प्रकाशित मिति : ११ भदौ २०७७ बिहिबार ००:००  ३ : १७ बजे