१८ असार २०८३, बिहिबार | Thu Jul 2 2026

नेपालगन्जमा २२ सयमै कोरोना जाँच



बाँके ।

नेपालगन्जस्थित भेरी अस्पतालले स्वेच्छिक रुपमा आरटी–पिसिआर विधिबाट कोरोना जाँचको शुल्क निर्धारण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको कोभिड–१९ राष्ट्रिय परीक्षण निर्देशिकाले तोकेको भन्दा बाहिरकाले कोरोना जाँच गराए दुई हजार दुई सय रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ।

अस्पताल व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले शुल्क निर्धारण गरेको भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धिलालले जानकारी दिए। उनले व्यक्तिगत प्रयोजनका लागि पिसिआर जाँच गराउनेसँग शुल्क लिइने बताए ।

प्रशासनको सिफारिसका आधारमा सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामती कर्मचारीलगायत कन्ट्याक्ट ट्रेसिङमा परेकाको भने निशुल्क कोरोना जाँच गरिने उनले बताए ।

प्रकाशित मिति : १८ भदौ २०७७ बिहिबार ००:००  ५ : ४४ बजे