१४ भदौ २०८३, आइतबार | Mon Aug 31 2026

भारतमा २४ घण्टाभित्र ८६ हजारमा कोरोना पुष्टि



एजेन्सी ।

कोरोना महामारीबाट अतिप्रभावित बनेको भारतमा पछिल्लो २४ घण्टाभित्र ८६ हजार ४३२ जना संक्रमित थपिएका छन्। यही अवधिमा त्यहाँ एक हजार ८९ जनाको मृत्यु भएको छ। पछिल्लो अवधिमा फेला परेका संक्रमितको संख्या एकैदिन अहिलेसम्मकै धेरै हो।

भारतमा पछिल्ला तीन दिनयता दैनिक ८० हजारभन्दा धेरै संक्रमित फेला परिरहेका छन्। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतभर ४० लाख ३२ हजार १७३ जना संक्रमित फेला परेका छन्।

फेला परेका संक्रमितमध्ये ८ लाख ४६ हजार ३७५ जना अझै बिरामी अवस्थामै छन्। भारतमा अहिलेसम्म ६९ हजार ५६१ जना संक्रमितको ज्यान गइसकेको छ। अमेरिका र ब्राजिलपछि भारतमा कोरोना संक्रमित र मानवीय हताहति धेरै भएको छ।

प्रकाशित मिति : २० भदौ २०७७ शनिबार ००:००  २ : १८ बजे