२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

कपिलवस्तुमा थप ३ जनामा कोरोना पुष्टि



मायादेवी अनलाइन, जितपुर ।

कपिलवस्तुमा थप ३ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापा अनु्सार बाणगंगा नगरपालिकामा २ र महाराजगंज नगरपालिकामा एक जना थपिएका हुन । बाणगंगा नगरपालिकामा आज थपिएका संक्रमित वडा नम्बर २ र ५ का हुन् ।

यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या १२ सय २७ पुगेको छ । यस्तै कोरोना संक्रमणबाट जिल्लामा ६ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २६ भदौ २०७७ शुक्रबार ००:००  ४ : ३६ बजे