१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

लाइसेन्स, ब्लुबुक हराएमा अब अनलाइनबाटै काम हुने, यसरी फारम भर्न सकिन्छ



काठमाण्डौँ ।
हराएको सवारी चालक अनुमति पत्र )लाइसेन्स) सवारी दर्ता किताब र सवारी इजाजत पत्रको सिफारिस लिन ट्राफिक कार्यालय धाउन नपर्ने भएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रहरी प्रधान कार्यालयसँग समन्वय गरी सोमबारदेखि हराएको सिफारिस पत्र लिन अनलाइनबाट नै फारम भर्न सक्ने बनाएको हो।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० भीम ढकालले हराएको लाइसेन्स, ब्लुबुक र पर्मिटको लागि धेरै दिन लगाएर सेवाग्राही ट्राफिक प्रहरी कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य गरिएको बताए। महाशाखामा कम्तिमा पनि दिनको दुई सय हराएको सिफारिस आउने गरेको जानकारी दिए।

अनलाइन प्रणाली सुरू भएसँगै सेवाग्राहीले घर बसेरै सिफारिस रिपोर्ट लिन सकिने बताएका छन्।सिफारिको लागि ट्राफिक प्रहरीको वेबसाइट तचबााष्अ। traffic.nepalpolice.gov.np  मा गई लस्ट डकुमेन्ट्स एप्लिकेसनमा क्लिक गर्नुपर्ने हुन्छ।

त्यसपछि माग भएबमोजिम सेवाग्राहीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ।सेवाग्राहीले अनलाइनबाट फारम भरेको २४ घण्टापछि सिफारिस प्राप्त गर्न वा लिन सक्नेछन्।

प्रकाशित मिति : ६ आश्विन २०७७ मंगलबार ००:००  ६ : १५ बजे