१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

स्याङ्जा पहिरो अपडेटः एकै परिवारका ८ सहित ९ जनाको मृत्यु



बुटवल ।

स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १४ मा पहिरोमा पुरिएका ९ जनाको शव फेला परेको छ। प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार बिहीबार बिहान पहिरो जाँदा एकै परिवारका ८ जना रहेका छन्। एक जना पाहुना आएकी महिला छिन्।

मृत्यु भएका सबैको पहिचान खुलेको बोगटीले बताए। मृत्यु हुनेमा टिकामाया नेपाली ४७, स्थानी नेपाली २३, दीपक नेपाली २४, कुलद्वीप नेपाली २२, विक्रम नेपाली १५, पाहुना आएकी उमाकला नेपाली ३०, विनिता नेपाली २१, ९ महिने शिशु शिशिर नेपाली र ९ वर्षका विवश नेपाली छन्।

बिहीबार बिहान माथिबाट गएको पहिरोले एकै परिवारका १० जना पुरिएका थिए। तीमध्ये १ जनाको जीवितै उद्दार गरी उपचारको लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए।

पहिरोमा पुरिएकामध्ये १७ वर्षीया मनिषा नेपाली घाइते छन्। घाइते मनिषालाई उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ।

भिरालो जमिनमा सडक माथिबाट पहिरो खस्दा घर पुरेको थियो। बिहान साढे ५ बजे पहिरो गएपछि प्रहरी उद्धारका लागि खटिएको थियो।

प्रकाशित मिति : ८ आश्विन २०७७ बिहिबार ००:००  १२ : ३५ बजे