३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

तिनाउ नदीमा आएको बाढीले घर बगायो



भैरहवा ।

निरन्तरको वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले बुटवल क्षेत्रमा एउटा घर बगाएको छ।

नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–१७ रानिगञ्जस्थित बल्कले बनाइएको प्रेमकुमारी खाम्चाको चार कोठा भएको घर बगाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए।

‘नदीमा पानीको बहाव बढ्दै गएपछि घरबाट धेरै सामान निकालिसकिएको थियो’, उनले भने, ‘नदीले घर बगाए पनि मानवीय क्षति भएको छैन।’ उनले अझै यही क्रममा वर्षा भइरहे सो क्षेत्रमा थप जोखिम बढ्ने बताए। वर्षाका कारण तिनाउ नदीमा पानीको बहाव बढेपछि बुटवलका केही क्षेत्रमा कटान सुरु भएको छ।

तिनाउ नदीले बिहानैदेखि सतर्कताको तह पार गरेको छ। ५.२ सतर्कताको तह रहेको तिनाउ नदीमा दिउँसो सवा २ बजे पानीको तह ५.७५ पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रकाशित मिति : ८ आश्विन २०७७ बिहिबार ००:००  ३ : ५२ बजे