७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

माइक्रोले ट्रयाक्टरलाई ठक्कर दिँदा नौ जना घाइते



काठमाडौं ।

मकवानपुरको हेटौंडामा ट्रयाक्टरलाई माइक्रोले ठक्कर दिँदा ९ जना घाइते भएका छन्।
बुधबार बिहान सवा नौ बजे हेटौंडा उपमहानगरपालिका ११ नवलपुरमा ट्रयाक्टरलाई माइक्रोले ठक्कर दिएको थियो।

ना ५ त ७७०० नम्बरको ट्रयाक्टरलाई ना १ ज ८६८५ नम्बरको माइक्रोले पछाडिबाट ठक्कर दिएको प्रहरी नायब उपरीक्षक डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए।

ठक्करपछि दुबै गाडी पल्टिएको थियो। सो दुर्घटनामा घाइते भएका नौ जनाको अवस्था सामान्य रहेको डिएसपी रानाले बताए। उनीहरूको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको उनले बताए। अहिले दुबै चालक प्रहरी सम्पर्कमा छन्।

प्रकाशित मिति : १४ आश्विन २०७७ बुधबार ००:००  १ : ५३ बजे