८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

अर्घाखाँची प्रशासनमा आजदेखि एक हप्ता अत्यावश्यक बाहेकका सेवा बन्द



अर्घाखाँची ।

प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलसहित चार जना कर्मचारीमा कोरोना पुष्टि भएपछि संक्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवाहरू आज (आइतबार) देखि एक साताका लागि बन्द गरिएको छ।

कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र लगायतका सेवाहरू एक साताका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ। शान्ति सुरक्षा, मुद्दा, राहत, उद्दार लगायतका अत्यावश्यक सेवाहरू भने नियमित रहनेछन्।

प्रकाशित मिति : १८ आश्विन २०७७ आइतबार ००:००  १० : ०० बजे