११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

नेविसंघका अध्यक्ष ढुंगानालाई कोरोना संक्रमण



काठमाडौं ।

नेपाली कांग्रेसका भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष राजीव ढुंगानालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक सञ्जाल फेसबुकमा लेखेर ढुंगानाले आफूलाई कोरोना संक्रमण पुष्टि भएको बताएका छन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो।

उनले फेसबुकमै लेखेर आफ्नो सम्पर्कमा आएकाहरूलाई पनि सतर्कता अपनाउन भनेका छन्। यस्तै, नेपाल विद्यार्थी संघका वरिष्ठ उपाध्यक्ष उत्तम खड्कालाई पनि कोभिड १९ संक्रमण देखिएको छ। उनीहरू दुवैले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको पनि बताएका छन्।

प्रकाशित मिति : २० आश्विन २०७७ मंगलबार ००:००  ३ : ०३ बजे