२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

प्रधानमन्त्रीलाई कांग्रेसको प्रश्नः डा. केसीलाई कात्रो पठाउने तयारी हो ?



काठमाडौँ ।

२४ दिनदेखि सत्याग्रहमा रहेका डा. गोविन्द केसीका मागप्रति सरकार उदासिन भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘डा। केसीसँग कुरै नगरी बरु कात्रो पठाउने तयारी हो ?’ भनेर प्रश्न गरेको छ।

कांग्रेसले बुधबार विज्ञप्ति जारी गर्दै डा. केसीसँग वार्ता नगर्ने बालुवाटारको बाल हठ महँगो पर्ने चेतावनीसमेत दिएको छ। ‘डा केसीको स्वास्थ स्थिति जटिल बन्दै गएको छ। वार्ता नगर्ने बालुवाटारे बालहठ यहाँलाई महँगो पर्नेछ प्रधानमन्त्रीज्यू।

हेक्का रहोस् लोकतन्त्र भर्सेस ‘कम्युनिष्टतन्त्र’मा अन्ततः जित लोकतन्त्रकै हुनेछ। डा केसीको जायज आवाजलाई सम्बोधन गर्न ढिलाइ गर्ने गम्भीर भुल किमार्थ नगरियोस्,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ

अनशन सुरु गरेको २४ दिन पुग्दा पनि सरकारले वार्ता टोलीसमेत गठन नगरेको भन्दै कांग्रेसले शान्तिपूर्ण सत्याग्रहलाई सुन्नसमेत अस्वीकार गर्नु लोकतान्त्रिक चरित्र नभएको र यसले कम्युनिष्टतन्त्रको मनोविज्ञानलाई पुष्टि गरेको कांग्रेसको आरोप छ।

प्रकाशित मिति : २१ आश्विन २०७७ बुधबार ००:००  ३ : ११ बजे